काठमाडौं । कोरोना संक्रमणका कारण मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार कोरोना संक्रमित भएपछि कोसी अस्पतालमा उपचाररत रहेका सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको हो ।
कारागारमा रहेका कैदीहरुको एन्टिजेन परीक्षण गर्दा १८ मध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरुको अहिले कोसी अस्पतालमा उपचार भैरहेको छ ।