काठमाडौं । नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले काठमाडौं प्रहरी कार्यालयको प्रमुखमा एसएसपी भरत बोहोरालाई पठाएको छ ।
जनक भट्टराईलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, विकासराज खनाललाई लागुऔषध नियन्त्रण व्युरो, विष्णु केसीलाई अपराध अनुसन्धान विद्यालय महाराजगञ्ज, कुवेर कडायतलाई विपद् व्यवस्थापन महाशाखा र अनुराग द्विवेदीलाई मानव बेचबिखन नियन्त्रण व्युरोमा पठाइएको छ ।