काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा केहिबेर अघिबाट बैठक सुरु भएको एक नेताले जानकारी दिए ।
बैठकमा नयाँ सदस्यहरुको सपथग्रहण, बैठक सन्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध गरी नौ एजेण्डामा छलफल हुने छ । बैठक तीन दिनसम्म चल्ने छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्बोधन सुरु गरेका छन् । यसअघि उनले शपथ लिन बाँकी रहेका केन्द्रीय कमिटी सदस्यहरुको शपथ गराए थिए ।