जेरुसेलम । साइन्स एडभान्सेस जर्नलमा प्रकाशित एउटा नयाँ अध्ययनले शरीरको गन्ध उस्तै भएका मानिसहरू साथीको रूपमा प्राकृतिकरूपमा मिलनसार र साथी बन्ने सक्ने देखाएको छ ।
शरिरको गन्धको समानता अनुमान गर्न र साथीत्वको मूल्यांकन गर्न मानिस स्वंयमले ‘स्मेल’ गर्न सक्ने इजरायलको वेइजम्यान इन्स्टिच्युट अफ साइन्सका वैज्ञानिकहरूले परिकल्पना गरेका छन् । अध्ययनका प्रमुख लेखक इनबल राभ्रेबीका अनुसार मानिस बाहेकका स्थलीय स्तनधारी प्राणीले निरन्तर आफैं र एकअर्कालाई सुँघ्छन् र यसैको आधारमा को मित्र वा शत्रु पत्ता लगाउँछन् ।
अनुसन्धानकर्ताहरूले २२ देखि ३९ वर्षका गैर–रोमान्टिक र समलिंगी साथीहरूको २० जोडी (जसले आफूलाई पहिलो नजरमा साथी बनेको बताएका थिए)बाट नमूनाहरू संकलन गरेका थिए । सबै सहभागीहरूले उनीहरूको नमूनाहरूलाई प्रभाव पार्ने प्रदूषण वा बाहिरी कारकहरूलाई रोक्नको लागि कडा नियम पालना गर्नुपथ्र्यो ।
उनीहरूले आफूलाई दिइएको एउटा सफा कटनको टिसर्ट लगाउनु पथ्र्यो । त्यस्तै उनीहरूले स्पाइसी खानेकुरा त्याग्नुपथ्र्यो भने आफ्ना साथीसँग सुत्न पाउँदैनथे । वैज्ञानिकहरूले ‘इलेक्ट्रोनिक नोज’ले परीक्षण गर्दा ‘क्लिक फ्रेन्ड्स’ वा पहिलो नजरमा बनेका साथीको गन्ध गैर–मित्रबीचको गन्धको तुलनामा तथ्यांकीय रूपमा धेरै मिल्दो पाइएको थियो । -एजेन्सी