काठमाडौं । बलिउड स्टार सलमान खानको हत्या गर्ने प्रयास भएको छ । ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा सलमानको हत्या गर्ने प्रयास गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
टाइम्स नेटवर्कका अनुसार सलमानलाई बन्दुक बोकेका घरको गेटबाहिर सार्पसुटरहरुले ढुकेर बसेका थिए । सलमान गेटबाट निस्कनासाथ गोली हान्ने तयारी थियो । तर, जब सलमान साइक्लिङ गर्दै गेट बाहिर निस्के त्यही बेला मुम्बई पुलिसको सलमानलाई स्कर्टिङका लागि आएपछि अन्तिम समयमा सलमानलाई गोली हान्ने निर्णयबाट सार्पसुटरले पछि हटेका थिए ।
यद्यपी, यो घटना कहिलेको हो भन्ने चाहिँ खुलाइएको छैन । केही दिन अगाडि मात्रै सलमान खान र उनका पितालाई ज्यान मार्ने धम्कीसहितको पत्र भेटिएको मुम्बई प्रहरीले जनाएको थियो ।