काठमाडौँ । सरकाले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।
सोमबारको मन्त्री परिषद्को बैठकले डीआईजीहरू उत्तम कुमार सुवेदी, अरुण बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयको सिफारिसमा भएको सो निर्णयानुसार एक नम्बरमा सुवेदी, दुई नम्बरमा बिसी, तीन नम्बरमा लोहनी, चार नम्बरमा आचार्य र पाँच नम्बरमा सिंहको बढुवा भएका छन् ।