एजेन्सी । निर्देशक विवेक अग्निहोत्री फिल्म ‘द कश्मीर फाइल्स’ रिलिज भएपछि चर्चामा आए । यो फिल्ममा निर्देशक अग्निहोत्रीले सन् ९० को दशकमा कश्मिरी पण्डितहरुमाथि भएको अत्याचारलाई देखाउने कोसिस गरेका थिए । जसमा उनी सफल पनि भए । २० करोडको लगानीमा बनेको यो फिल्मले बक्स अफिसमा धमाकेदार कमाई गर्याे ।
अहिले फिल्मका फ्यानहरु ‘द कश्मीर फाइल्स २’को प्रतिक्षा गरिरहेका छन् । यी विषयमा विवेकले दोस्रो भाग बनाउने घोषणा गरेका छन् । धेरै फ्यानहरुले ट्वीटरमार्फत निर्देशकलाई फिल्मको आगामी भाग निर्माणको बारेमा प्रश्न गरिरहेका छन् ।
उनीहरुको प्रश्नको समाधान गर्दै अग्निहोत्रीले आफ्नो नयाँ फिल्म ‘द दिल्ली फाइल्स’लाई ‘द कश्मीर फाइल्स’को दोस्रो भाग पनि व्याख्या गरेका छन् । ‘धेरै आतंकी संगठन, पाकिस्तानी, कांग्रेस, शिव सेना र अर्बन नक्सल मलाई कश्मीर फाइल्स २ को बारेमा सोधिरहेका छन् । म वाचा गर्छु कि तपाईंहरुलाई निराश बनाउदिन । भाग २ को नाम द दिल्ली फाइल्स हो । आफ्नो क्षमता बढाउन सुरु गर्नु । यो फिल्म सन् २०२४ मा आउदैछ’, उनले ट्वीटेका छन् ।
विवेकका अनुसार ‘द दिल्ली फाइल्स’ सन् १९८४ को ब्ल्याक च्याप्टरमा आधारित हुन्छ । ‘सन् १९८४ भारतको लागि कालो अध्याय मानिन्छ । जसरी पुरा पञ्जाबमा आतंकवादको स्थिति सम्हालिएको थियो, त्यो अमानवीय र भोट बैंकको राजनीतिका लागि गरिएको थियो । त्यसकारण पञ्जाबमा कांग्रेसले आतकंवाद बढाएको थियो । पहिला उनीहरुले यसलाई बनाए र पुनः नष्ट गरे । यसपछि धेरै निर्दोष व्यक्तिहरु मारिए र यो मामलामा आजसम्म कसैले न्याय पाउन सकेका छैनन् । यो भन्दा दुःखको कुरा अरु के हुनसक्छ । तर, यदि व्यक्तिरुलाई इतिहास र तथ्यबारे पढाईयो भने मानिसहरु न्यायको माग गर्छन् । जसकारण सरकार झुक्ने सम्भावना हुन्छ’, उनले भनेका छन् ।
फिल्म ‘द कश्मीर फाइल्स’ ११ मार्चमा रिलिज भएको थियो । जसमा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी, दर्शन कुमार, चिन्मय मण्डलेकर जस्ता कलाकारको अभिनय थियो । फिल्मले २ सय ५० करोडभन्दा बढीको व्यापार गरेको थियो ।