काठमाडौँ । ब्याड टच प्रकरणमा चलचित्र ‘कबड्डी ४’की नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ । दुवै पक्षले आ–आफ्नो गल्ति स्वीकार गर्दै केही बौद्ध लामा गुरुहरु र कबड्डी सिरिजका अभिनेता दयाहाङ राईसहितको उपस्थितिमा मिलापत्र गरेका हुन् ।
गत शुक्रबार फिल्म हेरिसकेपछि फर्किने क्रममा मिरुनाले आफूमाथि 'ब्याड टच' गरेको भन्दै भिक्षु लामालाई झापड हानेकी थिइन् । त्यतिमात्र नभएर उनले आफूमाथि दुर्व्यवहार गरेको भन्दै लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् ।
त्यसपछि विनाकारण भिक्षुलाई फसाएको भन्दै युवाहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विरोध गरेका थिए ।मंगलबार काठमाडौंको चाबहिलस्थित एफक्यूब सिनेमा हल रहेको केएल टावरमा तामाङ पक्षधरले विरोध प्रदर्शनगरेपछि शाे स्थगितसमेत भएकाे थियाे ।