काठमाडौं । चलचित्र ‘कबड्डी-४’ की नायिका मिरुना मगरलाई ‘ब्याड टच’ गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन् ।
चौतर्फी दबाबकाबीच भिक्षुमाथिको उजुरी फिर्ता लिन नायिका तयार भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामालाई मंगलबार दिउँसो रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । तामाङलाई तीन हजार रुपैयाँ धरौटीमा छाडिएको हाे ।
गत शुक्रबार मिरुनाले आफूमाथि 'ब्याड टच' गरेको भन्दै भिक्षु लामालाई झापड हानेकी थिइन् । त्यतिमात्र नभएर उनले आफूमाथि दुर्व्यवहार गरेको भन्दै लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् ।
त्यसपछि विनाकारण भिक्षुलाई फसाएको भन्दै युवाहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विरोध गरेका थिए ।मंगलबार काठमाडौंको चाबहिलस्थित एफक्यूब सिनेमा हल रहेको केएल टावरमा तामाङ पक्षधरले विरोध प्रदर्शनगरेपछि शाे स्थगितसमेत भएकाे थियाे ।
मंगलबार बिहान कबड्डी-४ का निर्माता पक्ष र आरोपित व्यक्तिका पक्षबीच छलफल पनि भएको थियो।