देशको राजधानी काठमाडौं भित्रको यात्रा दिन प्रतिदिन कष्टकर बन्दैछ । यहाँको सडकमा गुड्ने सार्वजनिक यातायातमा अत्याधिक भीड लाग्ने गर्छ । संघीय राजधानीका कारण जनघनत्वको चाप र त्यसलाई व्यवस्थित गर्न नसक्नुले पनि काठमाडौंमा भनेजस्तो यात्रा गर्न सहज छैन । सार्वजनिक यातायात अव्यवस्थित र असुरक्षित छँदैछ छ भने अर्कोतिर निजी सवारीमा यात्रा गर्दा पनि ट्राफिक जामको कारण समयमै गन्तव्य पुग्न सकिँदैन ।
उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातले जहाँतहीँ रोकेर यात्रु चढाउने गर्दा एकातिर यात्रुहरु चाँडै गन्तव्यमा पुग्न सक्दैनन त अर्कोतिर ट्राफिक नियमको पालना हुँदैन । त्यसमा पनि सार्वजनिक यात्रा गर्ने यात्रुहरुको सवारीबाट नै मोबाइल, पैसा हराएका घटनाहरु पनि सार्वजनिक भइरहेका हुन्छन् ।
शनिवार र आईतवार सार्वजनिक बिदा भएकाले पनि अन्य दिन सडकमा भीड बढेको हो । निजी तथा सरकारी कार्यालय एकै समयमा खुल्नु पनि यसको एउटा कारण हो । नियमानुसार सिटभन्दा बाहेक यात्रु राखे ट्राफिक कारबाही भोग्नुपर्छ । तर ट्राफिक प्रहरीकै अगाडि यात्रु कोचेर सार्वजनिक बस चलाउने गरिएको छ । यसरी चलाएबापत सार्वजनिक यातायातले दण्डित हुनुपर्दैन । गाडी नपाउँदा यात्रु पनि कोचिएर/झुन्डिएर यात्रा गर्न बाध्य छन ।
हेर्नुहाेस् तस्विरमाः-