काठमाडौं । गायिका समीक्षा अधिकारी समय-समयमा सामाजिक सञ्जालमा भावुक स्टाटस पोष्ट गर्छिन् ।
केही समय सामाजिक सञ्जालदेखि टाढा रहेकी अधिकारी पछिल्लो समय पुनः सामाजिक सञ्जालमा सक्रिय हुन थालेकी छिन् । केहि समयअघि उनले ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु’भन्दै भावुक स्टाटस पोष्ट गरेकी थिइन् ।
आइतबार मात्रै पनि उनले अर्को भावुक स्टाटस लेख्दै आफ्नो भावना सामाजिक सञ्जालमा पोखेकी छिन् । ‘हर कोहिको नजरमा राम्रो बन्न त सकिदैन । बस् आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस्’ अधिकारीले लेखेकी छन् । उनको सो पोस्टमा प्रयोगकर्ताहरुले विभिन्न टिकाटिप्पणी गरेका छन् ।