काठमाडौँ । नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको छ ।
सिंहको नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले वारेसमार्फत लगेको रिट स्वीकार गर्दै सर्वोच्च अदालतले सुनुवाइका लागि आज मिति तोकेको थियो । वरिष्ठता मिचेर सिंहलाई आईजीपीमा नियुक्त गरेको दाबीसहित पोखरेल गत सोमबार सर्वोच्च पुगेका हुन् ।
डेढ वर्षअघि बढुवा भएका एआईजी पोखरेल र अर्का एआईजी सहकुलबहादुर थापालाई पन्छ्याउँदै सिंहलाई मन्त्रिपरिषद् बैठकले आईजीपीमा बढुवा गरेको थियो । वरीयताका क्रममा तेस्रो नम्बरमा रहेका सिंहलाई प्रधानमन्त्रीको दबाबमा आईजीपीमा नियुक्त गरिएपछि विधि मिचेको भन्दै विवाद उत्पन्र भएको हो ।