काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् ।
सोमबार बिहान गृह मन्त्रालयमा आयोजित समारोहमा सचिव टेक नारायण पाण्डेले नवनियुक्त नेपाल प्रहरीका आईजीपी सिंह र सशस्त्रका आईजीपी अर्याललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याल र सिंहलाई आईजीपीमा नियुक्त गरेको हो ।
डेढ वर्षअघि बढुवा भएका विश्वराज पाेखरेल र सहकुलबहादुर थापालाई पन्छ्याउँदै सिंहलाई आईजीपीमा बढुवा गरिएकाे हाे । वरीयता क्रममा तेस्रो नम्बरमा रहेका सिंहलाई प्रधानमन्त्रीकाे दबाबमा आईजीपीमा नियुक्त गरिएपछि विधि मिचेकाे भन्दै विवादसमेत उत्पन्र भएकाे छ । त्यसकै न्यायकाे मागका लागि पाेखरेल र थापा अदालत जाने तयारीमा छन् ।
साथै अर्याल भने सशस्त्र प्रहरीमा आइजिपीका एक्ला दाबेदार थिए। २०५४ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका उनी सशस्त्र प्रहरीको स्थापनासँगै त्यतातिर लागेका थिए । अर्याल राम्रो सम्पर्क भएका कमाण्डरको रुपमा चिनिन्छन् ।