काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजु अर्याललाई अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।